देउवाकै वडामा कांग्रेस पराजित, कांग्रेस बीपीका उम्मेदवार निर्वाचित

श्याम भट्ट

महेन्द्रनगर
File Photo
File Photo

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृह वडामै कांग्रेसका उम्मेदवार पराजित भएका छन्।

कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीको तर्फबाट उम्मेदवार बनेका नरेश भण्डारी निर्वाचित भएका छन्।

डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस (बीपी) का भण्डारी निर्वाचित भएका हुन्। उनले कांग्रेस बीपीबाट करुवा चिनाव चिह्न लिएर चुनाव लडेका थिए।

कांग्रेस (बीपी) का भण्डारीले ६७३ मत पाएर निर्वाचित भएका छन् भने कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत प्राप्त गरेर पराजित भएका हुन्।

डडेलधुरामा पूर्व जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले देउवासँग असन्तुष्टि जनाउँदै एमालेसँग तालमेल गरेर कांग्रेस बीपीको चुनाव चिन्हमार्फत् उम्मेदवारी दिएको छ।

केही दिनअघि मात्र प्रधानमन्त्री पत्नी आरजु राणा त्यही क्षेत्रमा पुगेर कांग्रेसबाहेक अन्यलाई भोट हाले बजेट नदिने चेतावनी दिएकी थिएइन्। आरजुको त्यो चेतावनीले सो क्षत्रको चुनावी माहोल नै परिर्वतन भएको थियो।

प्रकाशित मिति: : 2022-05-14 17:07:00

प्रतिकृया दिनुहोस्