रोल्पाको रुन्टिगढी–१ मा कांग्रेसको प्यानलै विजयी

रोल्पाको रुन्टिगढी गाउँपालिका–१ मा नेपाली कांग्रेसको पूरै प्यानलै विजयी भएको छ।

यस अघि माओवादीले जितेको यो वडामा निवर्तमान वडाध्यक्ष मिनबहादुर थापालाई पराजित गर्दै कांग्रेसका थमबहादुर घर्ती विजयी भएका हुन्।

 घर्तीले ६ सय ३२ मतका साथ विजयी हासिल गर्दा थापाले ५ सय ९४ ल्याएका छन्।

यस्तै सदस्यहरुमा बुद्धिलाल ओली, फत्तेसिङ घर्ती, चन्द्री पुन र दिलमाया कामी निर्वाचित भएका छन्।

योसँगै कांग्रेसले रुन्टिगढी गाउँपालिकाको विजयी यात्रा सुरु गरेको छ। गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा पनि कांग्रेसकै अग्रता रहेको छ।

प्रकाशित मिति: : 2022-05-14 21:44:00

प्रतिकृया दिनुहोस्