सलमान खानको नेपाल कन्सर्टमा प्रस्तुति दिन तय भएका दस जना नेपाली कलाकारले प्रि–कन्सर्ट गर्ने भएका छन्।
‘द ब्याङ रिलोडेड टूर’को सुरुआत ठमेलको एलओडी क्लबबाट सुरु हुने भएको हो।
उनीहरुले बुधबार बेलुका एलओडीमा प्रस्तुति दिने सलमान कन्सर्टको नेपाल आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ।
बलिउड स्टार खानको कन्सर्ट दशरथ रंगशाला जेठ १४ दिउँसो १२ बजे हुने भएको छ।