रोल्पाको रुन्टिगढीमा काँग्रेस विजयी

रोल्पाको रुन्टिगढी गाउँपालिकामा नेपाली काँग्रेसले विजयी हासिल गरेको छ।

गाउँपालिका अध्यक्षमा काँग्रेसका जनक पुन ४ हजार ३ सय ९१ मतका साथ विजयी भएको छन। नेकपा (माओवादी केन्द्र)का गोविन्द पुनले ३ हजार ७ सय ८ ल्याउदा नेकपा एमालेका यामबहादुर दशौंदीले ३ हजार ५ सय ८७ मत पाए।

उपाध्यक्षमा पनि काँग्रेसकै सरिता केसी ४ हजार ४ सय ३७ मतका साथ विजयी हुँदा एमालेकी हस्तमाली बाँठाले ३ हजार ७ सय ८ र माओवादीकी कौशिला जिसीले ३ हजार ६ सय २८ मत ल्याएका छन्।

यसअघि नेकपा (एमाले)ले जितेको यो गाउँपालिकामा ९ वटा वडा रहेका छन्। ९ वटा वडामा तीन दलले ३/३ वटै जितेका छन्।

प्रकाशित मिति: : 2022-05-17 08:17:00

प्रतिकृया दिनुहोस्