रोल्पाको लुङ्ग्री र सुनछहरीमा माओवादी विजयी

अघिल्लो निर्वाचनमा काँग्रेसले जितेको रोल्पाको लुङ्ग्री गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ।

माओवादी केन्द्रका भरतकुमार थापा ४ हजार ९ सय ६४ मतका साथ विजयी भएका हुन्। उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका जनक खड्काले ४ हजार २ सय ४९ मत पाएका छन्।

गाउँपालिका उपाध्यक्षमा पनि माओवादी केन्द्रकै दिलकुमारी गुरुङ विजयी भएका छन्। गुरुङले ४ हजार ७ सय ४० मत ल्याउँदा कांग्रेसकी मुन्नीदेवी रोका क्षेत्रीले ४ हजार २ सय ६६ मत पाएकी छन्।

यस्तै रोल्पाको सुनछहरी गाउँपालिकामा पनि माओवादी केन्द्र विजयी भएको छ। अध्यक्षमा माओवादीका धनबहादुर पुनमगर ३ हजार ४ सय ३९ मतका साथ विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार पुस्तमन घर्तीमगरले १ हजार ५ सय २३ मत ल्याएका छन्। तेस्रो भएको मंगोल अर्गानाइजेसनका भाजबहादुर घर्तीमगरले १ सय ८१ मत पाएका छन्।

यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकी ननकला घर्तीमगर विजयी भएका छन्। उनले ३ हजार ४ सय ९२ मत ल्याउदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कोमबहादुर बुढाले १ हजार ६ सय ११ मत पाएका छन्।

तेस्रो भएको मंगल अर्गनाइजेसनकी रतीमाला घर्तीले १ सय ७३ मत ल्याए।

यहाँ कांग्रेस–एमाले र विप्लव समूहबीच गठबन्धन भएको थियो।

प्रकाशित मिति: : 2022-05-17 14:46:00

प्रतिकृया दिनुहोस्