कनिका कपुरले गरिन् दोस्रो पटक विवाह

File photo
File photo

भारतीय गायिका कनिका कपुरले ४२ बर्षमा दोस्रो पटक विवाह गरेकी छिन्।

‘बेबी डल’ गीत गाएर चर्चित बनेकी कनिका कपुरले २० मे शुक्रबार आफ्ना प्रेमीसँग विवाह गरेकी हुन्।

कनिकाले इन्स्टामा मेहेन्दीको तस्बिर सेयर गर्दै ‘जी,आई लभ यु सो मच’ लेखेकी छिन्। उनको उक्त तस्बिरमा प्रशंसकले शुभकामना र माया प्रदान गरिरहेका छन्।

कनिकाका श्रीमान् गौतम एनआरआई व्यापारी हुन्। 


 

प्रकाशित मिति: : 2022-05-21 13:20:00

प्रतिकृया दिनुहोस्