रोल्पामा अटो रिक्सा दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते

file photo
file photo

रोल्पाको सिमलबाङमा आज दिउँसो अटो रिक्सा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

लिबाङबाट यात्रु लगेर माडीचौर जाँदै गरेको रा १ ह ४३४७ नम्बरको अटो रोल्पा नगरपालिका–२ सिमलबाङमा दुर्घटना हुँदा चालक रोल्पा नपा– २ थलिबाङका अन्दाजी २९ वर्षीय महेश कवरको घटनास्थलमा नै मृत्यु भएको हो।

यस्तै अटोमा सवार रोल्पा नपा–७ माडिचौरका ५३ वर्षीय दल बहादुर पुन, ५२ वर्षीय जानसिंह पुन र ४७ वर्षीय सहबिर खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

अटो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको छ। घाईतेहरुको रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-05-24 18:33:00

प्रतिकृया दिनुहोस्