रोल्पामा भीरबाट लडेर एक जनाको मृत्यु

File Photo
File Photo

रोल्पाको लुङ्ग्री गाउँपालिकामा भीरबाट लडेर आज एक जनाको ज्यान गएको छ।

लुङ्ग्री गाउँपालिका–३ सिमगिठा बस्ने ५५ वर्षका नन्दे घर्तीमगरको बिहान ९ बजेतिर लुङग्री गाउँपालिका–२ राजथरबाट कमिरेढिक जाने क्रममा कमिरेढिकको भीरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ।

भीरबाट लडेर करिब १५/२० मिटर तल खस्न जाँदा सोही स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

प्रकाशित मिति: : 2022-05-25 14:00:00

प्रतिकृया दिनुहोस्