महिनादेखि बेपत्ता भएका चार खानी कामदार मृत फेला

बिएल संवाददाता

बुर्किना फासो
File photo
File photo

बुर्किना फासोस्थित एक खानीमा बेपत्ता भएका चार जना कामदारको शव फेला परेका छन्।  

गत १६ अप्रिलमा आएको बाढीमा परी बेपत्ता भएका आठ कामदारहरुमा चार जनाको शव फेला परेको ती कामदारहरुले बताएका हुन्।  

राजधानी शहरबाट करिब १०० किलोमिटर पश्चिममा पर्ने पेर्कोआमा रहेको क्यानडाको ट्रेवाली माइनिङको स्वामित्वमा रहेको जस्ता खानीमा उक्त दुर्घटना भएको थियो।

छ बुर्किनाबे, एक जाम्बियन र एक तान्जानियाली नागरिकहरु सात सय मिटरमुनि हराएका थिए। दुर्भाग्यवश, ३९ दिनको गहन खोजीपछि, चार खानी कामदार निर्जीव शव फेला परेका सरकारी प्रवक्ता लियोनेल बिल्गोले एक विज्ञप्तिमार्फत बताएका छन्। 

प्रकाशित मिति: : 2022-05-25 17:33:00

प्रतिकृया दिनुहोस्