लामा सिनेमा ब्यानरले फिल्म ‘आँखा’काे निर्माण गर्ने

File photo
File photo

लामा सिनेमा ब्यानरले फिल्म ‘आँखा’ निर्माण गर्ने भएको छ।

युनिटले सोमबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै फिल्म औपचारिक निर्माण घोषणा गरेको हो।

फिल्म जौन योन्जनले निर्देशन गर्न लागेका हुन्।

फिल्ममा आरके मेहता,अस्मिता लामिछाने, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल,सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभय बराल, सरोज लामिछाने, मोहन अभिलाशीको अभिनय रहनेछ। 

फिल्म २०८० मा प्रदर्शनमा आउनेछ। 

प्रकाशित मिति: : 2022-05-31 12:01:00

प्रतिकृया दिनुहोस्