मिरुनासँग माफी मागेका फुर्पाले बोली बदले: 'नगरेको गल्ती स्वीकारेँ' (भिडियो)

शिलापत्र

काठमाडाैँ

कबड्डी-४’ फिल्मकी नायिका मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोप लागेका फुर्पा तामाङले आफूले गल्ती नगरेको दाबी गरेका छन् । 

एक भिडियो कुराकानीमा फुर्पाले आफूले नायिका मगरमाथि कुनै दुर्व्यवहार नगरेको दाबी गरेका हुन् । फिल्म हलमा आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै मिरुनाले फुर्पालाई थप्पड हानेर माफी माग्न लगाएकी थिइन् । प्रहरीमा उजुरी दर्ता गरेपछि एक दिन हिरासतमा बसेर तीन हजार धरौटीमा छुटेका फुर्पासँग १७ जेठमा मिरुनाले मिलापत्र गरेकी थिइन् । 

तर, दुर्व्यवहारको आरोप लागेका फुर्पाले मिरुनालाई जोगाउन मिलापत्रमा आफूले गल्ती गरेको कुरा लेखिएको बताएका छन् । एक भिडियो कुराकानीमा उनले फिल्म हलमा आफूले मिरुनामाथि दुर्व्यवहार नगरेको दाबी गरेका छन् ।

फिल्म हेरेर निस्किने क्रममा ‘सेलिब्रेटी’ आएको भनेपछि आफू त्यतैतिर गएको र मिरुनासँग सेल्फी पनि खिचेको उनले दाबी गरेका छन् । भिडियो कुराकानीमा भनेका छन्, ‘एकदम भिड थियो । मलाई मनदेखि फोटो खिच्न मन लाग्यो । सेलिब्रेटीसँग फोटो खिच्न कहिलेकाहीँ मात्र पाउँछ भन्ने लाग्यो अनि जाँदा त्यो हिरोइन भेटेपछि फोटो पनि खिचेँ ।’

प्रकाशित मिति: : 2022-06-03 15:26:00

प्रतिकृया दिनुहोस्