कानुन विपरीत भत्ता पचाउँछन् काेहलपुरका कर्मचारी

कोहलपुर नगरपालिका भित्रका कर्मचारीले काजमा काठमाडौं गएको देखाउँदै कानुन विपरीत भत्ता बुझेको पाइएको छ। गत जेष्ठ १६ गतेदेखि सञ्चालन भएको कक्षा १२ को परीक्षामा सहभागी भएका उनले कार्यालयको कामको लागि काजमा काठमाण्डौं गएको देखाउँदै कानुन विपरीत भत्ता बुझेको पाइएको छ।

कोहलपुर टुडेले पाएको रिपोर्टकाअनुसार कोहलपुर नगरपालिकामा फायरमेन राजेन्द्र टमटाले अहिले योजना तथा अनुगमन उपशाखामा कार्यरत छन्। करार कर्मचारी  उनले जेष्ठ १३ गतेदेखि १९ गतेसम्मको काठमाडौंमा कार्यालयको लागि भनी काज लिएका छन्। तर, यता भने कक्षा १२ को परीक्षामा सहभागी भएका छन्। काजमा गएको १० हजार ५ सय भत्ता समेत लिएको बुझिना आएको छ। उनले कोहलपुरमा सञ्चालित एभरेष्ट माध्यमिक विद्यालयमा कक्षा १२ को परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन।

प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख कर्णबहादुर थापाले काज लिएर परीक्षा दिन नपाइने बताए। उनले भने,‘मसँग काजमा जाने भनी आदेश आएको हुन्छ, त्यसमा चलान टिपोर्ट गर्ने मात्र मेरो काम हो अरु अधिकार मेरो केही होइन। छवीलाल नेपाली हुँदा पनि २०० जना काजमा गएका थिए तर ५०/५५ जनाले मात्र कार्यालय काममा गएका होलान् अरु सबै आफ्नै काममा गएका थिए।’

अहिले पनि राजेन्द्र टमटाले पहिले (१३–१९) काठमाडौंमा काजमा गएको पुष्टी गरे। तर, के कामको लागि खुलाएको छैन तर अहिले फेरि थप दुई दिन बिदा लिएको थापाले बताए।

‘४/५ दिनका लागि बिदा स्वीकृति गरेको हुँ, काज स्वीकृति गरेको होइन्,’ बिदा सिफारिस गरेको योजना तथा अनुगमन उपशाखाका प्रमुख अग्नी प्रसाद आचार्य भने। तर, कोहलपुर टुडेले पाएको रिपोर्टका अनुसार कार्यालयको कामको लागि काठमाडौं काजमा पठाउने कागजमा देखाएर यता कक्षा १२ को परीक्षामा सामेल भएपनि भत्ता उपलब्ध गराउनेमा सहयोग गरेका थिए। काज स्वीकृतिका लागि काठमाडौं जाने कुन विषय हो खुलाएका छैनन्।

कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले कानुन विपरीत काम गर्नेलाई कारवाहीको भागेदारी हुनुपर्ने बताए। ‘कार्यालयको कामको लागि काठमाडौं पठाउने भनी सिफारिस आएपछि मैले पनि शाखाको कुनै काम होला भनेर काज स्वीकृत गरेँ। तर, काज लिएका व्यक्ति कार्यालय कै काममा होलान भन्ने हो कसैको पछि लाग्न सकिदैन। त्यसैले यसको विरुद्धमा छु, यसको प्रमाण फेला पर्ने बित्तिकै कारवाही गर्नेछु बरु यस्ता प्रमाण भए मलाई उपलब्ध होला,’ ढकालले भने।

रिपोर्टअनुसार कार्यालयको कामको लागि काठमाण्डौं काजमा पठाउने कागजमा सिफारिस आयो। कार्यालय कामका लागि शाखाले सिफारिस गरेको हुन्छ। सोही बमोजिम स्वीकृत पाउँछन्।

कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले काजमा काठमाडौं जाने घरमै बसेर भत्ता बुझ्ने यो कानुन विपरीत भएको बताएका छन्। यो विषयमा प्रमाणहरु मसँग आएको छैन यदि आयो भने कारवाहीको भागेदारी हुने आचार्यको भनाइ छ। फायरमेन राजेन्द्र टमटाले भत्ता बुझेको स्वीकारेका छन्।

कानुनमा के छ ?

भम्रण खर्च नियमावली– २०६४ मा अनुसूची २३ मा व्यवस्था भएअनुसार उपनियम (१) बमोजिम पाउने सुविधा लिने प्रयोजनको लागि भ्रमण गर्ने कुनै पदाधिकारी वा कर्मचारीले झुट्टा विवरण पेश गरी भुक्तानी लिएको ठहरेमा झुट्टा विवरण पेश गरी भुक्तानी लिएको रकमको दोब्बर रकम निज सरकारी सेवामा रहेको भए निजले पाउने तलबबाट कट्टा गरी लिइने छ र निजलाई कारबाही समेत गरिने व्यवस्था रहेको छ।

(२) उपनियम (१) बमोजिम कट्टा नगरेमा त्यस्तो कट्टा नगर्ने पदाधिकारी वा कर्मचारीको तलबबाट असुल उपर गर्नु पर्नेछ र निजलाई विभागीय कारवाही समेत गर्न सकिनेछ। (३) उपनियम (१) वा (२) बमोजिम त्यस्तो रकम असुल उपर हुन नसकेमा सो रकम सरकारी बाँकी सरह असुल उपर गरिने व्यवस्था रहेको छ।

प्रकाशित मिति: : 2022-06-11 08:56:00

प्रतिकृया दिनुहोस्