नवीन अभिलाषीकाे ‘मौलामा बाँधिएको राँगो’काे गृह विमोचन

कवि नवीन अभिलाषीको कविता संग्रह ‘मौलामा बाँधिएको राँगो’काे गृह विमोचन गरिएको छ।

शनिबार घोराहीमा एक कार्यक्रमकाबीच अभिलाषीको कविता संग्रह ‘मौलामा बाँधिएको राँगो’काे विमोचन तथा विमर्श गरिएको हो। 

उदाहरण समूह नेपालको आयोजना तथा घोराही साहित्य सदन, दाङको सहआयोजनामा कविता संग्रहको विमोचन गरिएको थियो। कृतिबारे बोल्दै समालोचक तथा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासीले कवितामा समाकालीन यथार्थका बिम्बहरू रहेको बताएका छन्।  

उनले कवितामा समाजको यथार्थ चित्रण गरिएको र यसले समाजको परिवर्तनका पक्षमा आवाज बुलन्द गरेको उल्लेख गरेका छन्। समालोचक उदासीले सामाजिक विकृतिमाथि प्रहार र गहिरा प्रश्नसँगै प्रेम प्रसंगलाई उठाइएको बताएका छन्। 

कवि अभिलाषीले आफू जुन धरातालबाट उठेको हो त्यसैलाई नै कविताका माध्यमबाट उतार्न खोजिएको बताएका छन्। समाजमा व्याप्त जात व्यवस्था, अन्याय, सामाजिक र राजनीतिक विकृतिमाथि प्रश्न गरिएको र वर्तमान समाजको चित्रण देखाइएको उनको भनाइ छ। 

दाङ बसेर लामो समय पत्रकारिता गरेका अभिलाषी हाल नेपाल टेलिभिन कोहलपुरमा कार्यरत छन्। उनको कविता संग्रह ‘मौलामा बाँधिएको राँगो’ यहि जेठ २८ गते काठमाडौंमा विमोचन भएको थियो।

प्रकाशित मिति: : 2022-06-25 18:19:00

प्रतिकृया दिनुहोस्