ललितपुरमा हातहतियार सहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका वडा न–८ लुभुका श्यामकृष्ण श्रेष्ठ रहेका छन्।
सोमबार लतितपुर वडा–४ मा चेकजाँच गर्ने क्रममा उनलाई स्कुटरसहित पक्राउ गरिएको प्रहरी बताएको छ।
पक्राउ परेका उनको साथबाट एक थान पेस्तोल, पेस्तोलको खाली म्याग्जिन, दुई थान बुलेट र हुवाइ कम्पनीको मोबाइलसहित स्कुटर बरामद गरिएको छ। पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।