किन मनाइन्छ असार १५

Breaknlinks
Breaknlinks

आज असार १५ धान दिवस अर्थात् दही चिउरा खाने दिन। जुन दिनलाई विशेषरुपमा मनाइने गरिन्छ।

यो दिन ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला,बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमा रमाइलो गरिन्छ। 

एकपटक हिलोमा पस्नै पर्ने मान्यता रहेको यो दिन रोपाहारले हिलो छ्यापा छ्याप गरेर पनि मनोरञ्जन गर्छन्। 

तर आज हिलोमा रमाउँदै धान रोप्नुको जति महत्त्व छ त्यति नै दही चिउरा खानुको पनि महत्त्व छ। 

दही चिउरा खाने चलन परम्परादेखि नै चल्दै आएको पाइन्छ। तर, यो पम्पराको सुरुवात कहिलेदेखि भयो भन्नेमा कुनै इतिहास नभएपनि धानखेतीको प्रारम्भ भएसँगै सुरु भएको बताइन्छ।

हुन त दही चिउरा खानका लागि कुनै दिन पर्खिनु पर्दैन तर यो दिन दही चिउरा खान विशेष मानिन्छ।

संस्कृतिकर्मीका अनुसार माना रोपेर मुरी फलोस् भन्ने कामना लिएर सुरु गरिएको रोपाइँ सकिएको खुसीयालीमा दही चिउरा खाने गरिएको हो। 

रोपाइँमा सबैलाई भ्याइनभ्याइ हुने भएकाले पकाइरहन पनि नपर्ने र तयार गर्न धेरै समय नलाग्ने भएकाले यो प्रचलन सुरू भएको हो। 

दही चिउरा खानलाई परम्पराका रुपमा मनाइए पनि यसको सेवन गर्न स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक छ। 

योसँगै दहीलाई शुभ साइतको रुपमा पनि लिइन्छ। त्यसैले दही चिउरा खानलाई विशेष मानिन्छ।

प्रकाशित मिति: : 2022-06-29 07:00:00

प्रतिकृया दिनुहोस्