नवनियुक्त राजदूत विष्णु पुकार श्रेष्ठलाई सम्मान

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चीनका पदाधिकारीहरुले नवनियुक्त महामहिम राजदूत विष्णु पुकार श्रेष्ठलाई बिहीबार काठमाडौंको होटल म्यारियेटमा सम्मान गरेको छ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ चीनका अध्यक्ष रोहित अग्रवाल, उपाध्यक्ष निर्मल शर्मा चौलागाई, एनआरएनए आइसीसी सदस्य तथा एसिया प्यासिफिक सचिव प्रदीप न्यौपाने लगायतको उपस्थिति रहेकाे थियाे।

एनआरएनए चीनको अध्यक्ष रोहित अग्रवालले राजदूत नियुक्त भएकोमा भएकोमा बधाई तथा शुभकामना दिएका थिए। त्यस्तै चीनमा र नेपालबीचको अन्तर सम्बन्ध अझै उचाइमा पुग्ने र चीनमा रहेका नेपालीहरुको अविभावक हुनेमा आफु विश्वस्त रहेको बताए। 

उनले भने–गैरआवासीय नेपाली संघ र नेपाली राजदूतावास चीनबीच आगामी दिनमा पनि सधै सहकार्य र समन्वय गर्दै अगाडि बढ्नुपर्ने छ।

यसैगरी महामहिम राजदूत विष्णु प्रकाश श्रेष्ठले आफ्नो कार्यकालमा नेपाल तथा चीन वीच द्विपक्षीय आर्थिक, पर्यटन सम्वन्धलाइ प्रवर्द्धन गर्न चीन संगको व्यापार तथा लगानी नेपाल भित्र्याउन पहल गर्ने, चीनमा अध्ययनको सिलसिलामा गएका विद्यार्थीको समस्या समाधानको लागि काम गर्ने बताए।

यस्तै  गैरआवासीय नेपाली सङ्घ चीनले महामहिम राजदूत श्रेष्ठलाई ज्ञापन पत्र पनि बुझाएको थियो।

प्रकाशित मिति: : 2022-06-30 17:45:00

प्रतिकृया दिनुहोस्