लागूऔषध तस्करहरूको बढ्दो हिंसाको त्राश भोग्दै पेरुका आदिवासी

Photo: Reuters/Hugo Alejos
Photo: Reuters/Hugo Alejos

गत नोभेम्बरको एक साँझ, अटोमेटिक राइफल बोकेका मास्क र मुखौटा लगाएका केही पुरुषहरु पेरुको आदिवासी अमेजन समुदाय फ्लोर डे उकायालीको बीचमा रहेको हरियो गाउँमा पसे।

गाउँका नेताहरुको ठेगानाको माग गर्दै उनीहरुले हवाई फायरिङ गरे।

केही महिनाअघि एक आदिवासी आमा र उनकी शिशु छोरीलाई हतियारधारी समूहले उनकै घरमा कुटपिट गरी उनलाई धमक्याएपछि उनी त्रशित भई त्यो समुदाय नै छोडेर नजिकैको सहरमा आफ्नो जीवन कटाउन बाध्य भएका छिमेकिहरु बताउँछन्।

'अपु' वा २५६ जनाको एउटा सानो शिपिबो-कोनिबो समुदायको मुखिया साउल मार्टिनेजले उक्त घटनापछि ३ महिने कर्फ्यू लगाएका छन्। उनले महिला र बालबालिकाहरूलाई गाउँको हलमा सुत्न र पुरुषहरूलाई रातमा गार्ड ड्युटी गर्न आदेश दिएका छन्।

शिपिबो-कोनिबो नेताहरूले गत नोभेम्बरमा उकायालीमा अभियोजकको कार्यालयमा उनीहरूको भूमिमा बढ्दो आक्रमणको रिपोर्ट गरे पनि बन्दुकधारी समूहहरु 'गाउँमा पसिरहने' मार्टिनेजले बताएका छन्।

'हाम्रो समुदायले उनीहरुले गर्दै आएको आक्रमणविरुद्ध रिपोर्ट गर्न छोडेनौं भने जिम्मेवार नेताहरुलाई मार्ने सन्देश पठाएको छ,' आफ्नो मोबाइल फोनमा टुक्राटुक्रा गरिएका शवका तस्बिरहरू पठाइएको उल्लेख गर्दै मार्टिनेजले भने।

केन्द्रीय अमेजन क्षेत्रका कम्तिमा १०० आदिवासी समुदायहरूमध्ये एक फ्लोर डे उकायालीमा हालका वर्षहरूमा लागूपदार्थको तस्करी गर्ने गिरोहहरूका लागि कोकेन बनाउन प्रयोग गरिने बाली उब्जाउने कोका किसानहरूलाई आक्रमण गरेर धम्की दिइएको छ।

पेरुका मानवअधिकार संयोजकको अनुसार कोभिड- १९ महामारी सुरु भएदेखि एक दर्जनभन्दा बढी आदिवासी र अमेजन कार्यकर्ता मारिएका छन्।

भूमिको रक्षा गर्न र अवैध कोका खेती उन्मूलन गर्न राज्यको प्रयासलाई अवरोध गरेर कोरोना भाइरस प्रतिबन्धले दुर्गम क्षेत्रहरूलाई अझ कमजोर बनाएको अमेजन वाचको वकालत समूहका पेरु क्षेत्र संयोजक भ्लादिमिर पिन्टो भन्छन्।

धनुष, तीर र ड्रोन

संयुक्त राष्ट्रको तथ्यंकअनुसार कोलम्बियापछि पेरु दोस्रो ठूलो कोकेन उत्पादक हो। पेरुमा उत्पादन भएको कोकेन विश्वव्यपी एक चौथाईभन्दा बढी अवैध रुपमा बिक्री हुने गर्दछ।

पेरुमा कोका खेतमा समाहित क्षेत्र २०१६ मा ४३९ वर्ग किलोमिटर बाट २०२० मा ६१७ वर्ग किलोमिटरमा फैलिएको सरकारी तथ्याङ्कले जनाउँछ।

व्हाइट हाउस अफिस अफ नेशनल ड्रग कन्ट्रोल पोलिसी (ओएनडिसिपि) ले भने २०२० मा रेकर्ड गरिएको भन्दा ठूलो जग्गा कोको खेतिको लागि प्रयोग भएको देखाउँछ।

कोका उब्जनी पेरुमा वन विनाशको प्रमुख कारण पनि राखेको अनुमान गरिएको छ।

फ्लोर डे उकायालीको इलाकालाई धम्की दिने आक्रमणकारीहरू हिंस्रक भएता पनि समुदायका युवा पुरुष र महिलाहरू झुकेका छैनन्।

दान गरिएका पाँचवटा बुलेटप्रुफ भेस्ट र दुईवटा शटगनहरू साथै धनुष र तीरहरूले सुसज्जित ती युवाहरु ब्राजिलको सीमासम्म फैलिएको जंगलमा गस्ती गर्छन्।

गाउँको निगरानी समितिका नेता र परिवारका बुबा ३० वर्षीय क्रिस्चियन टाङ्गुईले भने,'हामी मर्नु परे पनि आफ्नो रक्षा गरिरहनेछौं।'

आफ्नो छोरा-छोरीहरु डराएको देख्न नसकेपछि बन्दुकधारीहरुलाई रोक्न आफ्नै ज्यान दाऊमा राखी आफैं गस्ती गर्नु परे पनि गर्ने अठोट लिएको टांगुई बताउँछन्।

भर्खरैको एउटा गस्तीको क्रममा घुसपैठहरूले गोली चलाउँदा उनीहरू जंगलमा भाग्न बाध्य भएका आदिवासी रक्षकहरू बताउँछन्।

क्षेत्रीय अधिकारी, न्यायाधीश र अभियोजकहरूको कथित संलग्नतालाई उद्धृत गर्दै क्षेत्रीय र राष्ट्रिय स्तरमा लामो समयदेखि राजनीति गर्दै आएका आदिवासी नेता रोबर्ट गुइमारेसले भने,'अहिले लागूऔषधको तस्करीमा अधिकारीहरूको मिलेमतो भएकाले अवस्था धेरै गम्भीर छ।'

उकायालीका गभर्नर, फ्रान्सिस्को पेजो टोरेस, क्षेत्रीय सरकारमा आपराधिक संगठनको नेतृत्व गरेको आरोपमा मुद्दाको सामना गर्दै निवारक हिरासतमा छन्।

उनी डिसेम्बरमा आफ्नो घरमा भाग्नको लागि बनायिएको नक्कली ढोकाबाट भाग्ने क्रममा पक्राउ परेका थिए।

– एजेन्सीको सहयोगमा

प्रकाशित मिति: : 2022-07-01 21:36:00

प्रतिकृया दिनुहोस्