आफ्नै श्रीमतीलाई आगो लगाएर हत्या गर्ने पक्राउ

मोरङको रंगेली नगरपालिकामा आफ्नै श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले तिलका मल्लिकलाई पक्राउ गरेको छ। रंगेली– १ बिर्ताबजारका तिलका मल्लिकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

शुक्रबार साँझ घरायसी विवादका कारण आफ्नै ३१ वर्षीया श्रीमती बबिता मल्लिकलाई आगो लगाई हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनले श्रीमतीलाई मट्टीतेल हालेर आगो लगाएको प्रहरीले जनाएको छ। हत्यापछि फरार रहेका तिलका मल्लिकलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

मट्टीतेल हालेर आगलागीका भएपछि करिब दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगलागिबाट घरभित्र रहेका लत्ता कपडा, भाडावर्तन र अन्नपात नष्ट भएको छ।

आगो लागेर घाइते भएकी बबिता मल्लिकको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा शनिकार बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रकाशित मिति: : 2022-07-02 19:16:00

प्रतिकृया दिनुहोस्