चलचित्र ‘टुल्की’काे पहिलाे शाे मलेसियामा

बहुपति प्रर्थामा आधारित नेपाली चलचित्र ‘टुल्की’ पहिलाे पटक मलेसियामा प्रदर्शन हुने भएकाे छ।

आगामी शनिबार गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले आयाेजना गर्न लागेका अन्तरक्रिया कार्यक्रममा चलचित्र प्रदर्शनकाे तयारी गरिएकाे निमार्ता शेखर लामाले बिएल नेपाली सेवालाई जानकारी दिए। कार्यक्रम एनआरएनए एनसिसि मलेसियाको कार्यालय, कोतरायमा हुँदैछ।

डोल्पामा छायाकंन गरिएको ‘टुल्की’ बहुपति प्रर्थाको पहिलो नेपाली चलचित्र हो। देवजंग थापाकाे निर्देशन रहेकाे उक्त चलचित्रमा शिशिर बङ्देल, स्वस्तिमा कार्की, साेम लामा, हिमाली हमाललगायतकाे अभिनय रहेकाे छ।

प्रकाशित मिति: : 2022-07-06 11:07:00

प्रतिकृया दिनुहोस्