रणबीरले छाडेको फिल्म खेलेर हिट भए रणवीर ! 

File photo
File photo

बलिउडका सबैभन्दा फूर्तिला अभिनेता हुन्, रणवीर सिहं। उनले केयौँ सुपरहिट फिल्म खेलिसकेका छन्। तर उनले जति हिट फिल्म दिएका छन्, त्यो फिल्म रणबीर कपूरले छोडेका हुन्। जुन फिल्म खेलेरै रणवीर सिंह चर्चित भएका हुन्। 

बैण्ड बाजा बारात

फिल्म ‘बैण्ड बाजा बारात’ रणवीर सिहंको पहिलो फिल्म थियो। यही फिल्मबाट उनले नयाँ पहिचान पाएका थिए। रिर्पोटका अनुसार यो फिल्ममा पहिला रणबीर कपूरलाई अफर गरिएको थियो। तर उनले आफ्नो व्यक्तिगत कामको कारण फिल्मलाई ठुक्राएका थिए। जसकारण फिल्ममा रणवीर सिहंले ठाउँ पाए। 

बेफिक्रे

२०१६ सालमा रीलिज भएको फिल्म थियो, बेफिक्रे। यो फिल्म सुपरहिट नभएपनि उनी फिल्मका कारण निकै चर्चित भए। यस फिल्मका लागि पनि सुरुमा रणबीर कपूरलाई साइन गरेका थिए तर पछि मेकर्शले रणवीर सिहंलाई अफर गरे। 

पदमावतं

सन्जय लिला भन्सालीको फिल्म ‘पदमावतं’ रणवीर सिहंका लागि सबैभन्दा महत्वपूर्ण फिल्म थियो। रिर्पोटका अनुसार यो फिल्म रणबीर कपूरलाई आएको थियो। तर उनले यो फिल्म गर्नका लागि अस्वीकार गरिदिए। 

दिल धड्कने दो

मीडिया रिर्पोटका अनुसा ‘दिल धड्कने दो’ फिल्मको पहिलो रोजाई रणबीर कपूर थिए। तर त्यसो हुन सकेन जसकारण फिल्ममा रणवीर सिहंलाई लिइएको थियो। जसन फिल्म हिज भएको थियो। 


 

प्रकाशित मिति: : 2022-07-06 12:10:00

प्रतिकृया दिनुहोस्