बसुन्धरा पार्कमा लाेखर्केकाे छुनुमुनु (तस्बिरहरू)

Breaknlinks
Breaknlinks

काठमाडाैँकाे बसुन्धारास्थित पार्कभित्र रुखहरू छन्। तिनै रूखमा छुनुमुनु गर्छन्, लाेखर्केहरू। त्यहाँका रूखहरूमा लोखर्केले गुड बनाएका छन। तिनीहरू दिनभरि खेल्छन, कुद्छन। पार्क घुम्ने मान्छेले दिएका खानेकुरा खान्छन्। तर, मान्छेसँग त्यति धेरै नजिकको दुरी बनाउँदैनन। यिनीहरू ज्यादै मायालु र रहरलाग्दा देखिन्छन्।

लोखर्केहरु प्रायः दिनको समयमा सक्रिय हुन्छन्। यिनीहरू प्राय: बदाम, विउ र जामुनजस्ता खानेकुराहरु खान्छन्।

लोखर्केहरुको गुँड पातहरूबाट बनेको हुन्छ। लोखर्खेहरू साना परिवार समूहमा बस्छन्। माउहरुले जाडो र गर्मीको सुरुमा वर्षमा एक वा दुईपटक जन्म दिन्छन् र एकदेखि पाँचवटा बच्चा जन्माउन सक्छन्। माउको गर्भावस्था करिब ४४ दिनको हुन्छ। लोखर्के स्तनधारी प्राणी हो। तिनीहरू पनि बढ्नको लागि आमाको दूधमा भर पर्छन्। बच्चाहरूले करिब १२ हप्तापछि गुँड छोड्छन्।

एउटा वयस्क लोखर्के लगभग ०९ देखि १२  इन्च लामो हुन्छ। र, लगभग २ दुई पाउन्डभन्दा कम तौलका हुन्छन्। लोखर्खेहरूको औसत आयु सहरमा करिब ३ देखि ५ वर्षसम्म बाँच्छन् तर ग्रामीण क्षेत्रमा ८ देखि १० वर्षसम्म बाँच्न सक्छन।

प्रकाशित मिति: : 2022-07-09 18:40:00

प्रतिकृया दिनुहोस्