विश्वकप लिग टू : नेपाल आज नामिबियासँग भिड्दै

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्डमा रहेको नेपालले आज (शनिबार) तेस्रो खेलमा नामिबियाको सामना गर्दैछ। नेपाल र नामिबियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ।

सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो। नेपाल आज पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ।

नेपाल लिग टू को अंक तालिकाको पाँचौं स्थानमा रहेको छ। नेपालले १८ खेलमा १७ अंक जोडेको छ।

नामिबिया १७ खेलमा १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ।

 

प्रकाशित मिति: : 2022-07-16 07:23:00

प्रतिकृया दिनुहोस्