सरकारको अनियन्त्रित खर्च : आर्थिक वर्षको अन्त्यमा एकैदिन २४ अर्ब २१ करोडको भुक्तानी

राजधानी दैनिक

मधुजंग पाण्डे

आर्थिक वर्ष २०७८/७९ को अन्त्यमा आएर शुक्रबार एकैदिन सरकारले २४ अर्ब २१ करोड ४१ लाख खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको दैनिक बजेटरी खर्च विवरणमा सो खर्च देखिएको हो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार गतआर्थिक वर्ष समाप्तिको अघिल्लो दिन शुक्रबार रातीसम्ममा सरकारले चालू खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था गरी आर्थिक वर्षको अन्त्यमा आएर एकैदिन यति धेरै रकम भुक्तानी दिएको हो ।

यसले विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि मुलुकको बजेट खर्च आर्थिक वर्षको अन्तिम महिना असार लागेपछि निकै हतारमा लटपट्याएर जसरी पनि खर्च गरिहाल्ने पुरानै परिपाटीले निरन्तरता पाएको छ ।

प्रकाशित मिति: : 2022-07-17 12:42:00

प्रतिकृया दिनुहोस्