विकासमा बेथिति

सञ्चालनमा रहेका २४ वटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजना भनिएको छ। केही आयोजनाका लागि रकम पनि छुट्ट्याइएको छ। तर, पनि ती आयोजनाहरूमा आईई र ईआईई भएका छैनन्।

कहिले जंगल छ भनेर समस्या देखाइन्छ त कहिले बिजुलीका पोल छन् भनेर अप्ठ्यारो देखाइन्छ। कतिपय ठाउँमा सरकारी संरचनाहरूका कारण समस्या भइरहेको छ भने कतै निजी घर र बस्तीहरूका कारण समस्या देखिएको छ। जग्गा प्राप्तिको काम नै पूरा नगरी काम सुरु गरिँदा यस्ता थुप्रै समस्या देखा पर्ने गर्छन्।

मुआब्जा पहिले तय गर्नुपर्छ। आयोजना थाल्नुअघिका सबै समस्या समाधान भएपछि मात्र काम सरासर अगाडि बढ्छ भनेर सरोकारवालाले बुझ्नुपर्छ।

प्रकाशित मिति: : 2022-07-20 15:44:00

प्रतिकृया दिनुहोस्