राजेश राईको ‘कान्छी’मा सुरविना र इन्द्रको अभिनय 

गायक राजेश राईले नयाँ म्युजिक भिडियो ‘कान्छी’ ल्याएका छन्।

यसअघिका आफ्ना गीत दर्शक र स्रोताले मन पराएपछि गायक राजेशले ‘कान्छी माया तिम्रो लाग्छ’ बोलको गीत सार्वजनिक गरेका हुन्।  

नेपाल सिंगिङ सुपरस्टारको प्रतिस्पर्धीसमेत रहेका उनको ‘कालो कालो’ र ‘ताेडियाे ताेडियाे’ गीत दर्शक र स्रोताले निकै मन पराएका थिए  । कान्छी पनि दर्शक र स्रोताले रुचाउने गायक राजेशको अपेक्षा छ। 

कान्छीमा सुन्दर मगरको शब्द सृजना र संगीत रहेको छ। फूलबुट्टे सारीजस्ता चर्चित गीतको भिडियोको निर्देशन गरेका राजेश पुमा राईको निर्देशनमा तयार पारिएको कान्छीको भिडियोमा सुरविना कार्की र इन्द्र खरेलको अभिनय छ।

उत्सव दाहालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्। प्रोडक्सन म्यानेजर दिपेन्द्र गौतम हुन् भने भिडियो निर्माणमा केदार उप्रेती छन्। देवीथान म्युजिक च्यानलबाट कान्छी सार्वजनिक गरिएको हो।

प्रकाशित मिति: : 2022-07-26 14:29:00

प्रतिकृया दिनुहोस्