झापा घटना : तीनै किशोरीले आत्महत्या गरेको पुष्टि

कचनकवलमा तीन जना किशोरीले आत्महत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।

गत आइतबार बिहान झापाको कचनकवल गाउँपालिका–५ स्थित पाठामारीको बेल्ले गाउँस्थित सुनकोसी चिया बगानमा उनीहरुको शव फेला परेको थियो।

कचनकवल गाउँपालिका–५ की १७ वर्षीया अञ्जली, सोही स्थान बस्ने १६ वर्षीया करिना र १७ वर्षीया कल्पना गणेशको बयरको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको थियो।

घर नजिकैको चिया बगानमा काम गर्ने तीनै जना शनिबार दिउँसो घुम्न जाने भन्दै घरबाट निस्किएका थिए।  घरबाट पूर्वमा रहेको झिङ खोलाको डिलमा रहेको बयरको रुखमा झुन्डिएको अवस्थाम चिया टिन्न जानेहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले तीनै जनाको शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो।  शवको पोस्टमार्टम गर्दा झुन्डिएर मृत्यु भएको देखिएको झापाका प्रहरी प्रमुख विश्वमणी पोखरेलले जानकारी दिए। उनका अनुसार आत्महत्याको कारणबारे भने केही खुल्न सकेको छैन।

घटना धेरै शंकास्पद नदेखिए पनि अनौठो प्रकारको भएकाले सुक्ष्म ढंगबाट अनुसन्धान गरिने पोखरेलले बताए।

प्रकाशित मिति: : 2022-07-26 15:51:00

प्रतिकृया दिनुहोस्