३७ गोली खाएर जीवित रहेका योद्धा

latina lista
latina lista

अमेरिकामा जब बहादुरीको कुरा आउँछ, त्यहाँ सैनिक रोय बेनाभिडेजको नाम आउँछ। जसले शरीरमा ३७ पटक गोली लाग्दा समेत हार मानेनन। उल्टै आठ जना सहकर्मीलाई जीवितै उद्दार गरे। 

सन् १९३५ मा अमेरिकाको दक्षिणी टेक्सासमा जन्मिएका उनी घरको आर्थिक स्थितिका कारण पढाई छाडेर सेनामा भर्ति भए।

जँहा उनलाई ८२ डिभिजनमा पठाइयो। जुन अमेरिका र भियतनामबीच भएको युद्ध थियो। जसको लागि अमेरिकाले १ लाख २५ हजार भन्दा बढी सेनालाई पठाएको थियो।

अमेरिकी सैनिक आफ्ना विरोधीहरूसँग लड्न तीनकै भेष लिएर मैदानमा उत्रिए, तर मैदानमा आएका उनीहरूले थाहै पाएनन् कि उनीहरूविरुद्द माइन (बम) राखिएको थियो।

माइनमा परेका रोय ठूलो विस्फोटमा परे। जहाँ उनको मेरुदण्डमा चोट लाग्यो। जसकारण उनले सैनिकको जागिर छोड्नुपर्ने भयो। तर सैनिक बनेर देशको रक्षा गर्ने  मनस्थिति बनाएका उनले जागिर छाडेनन्। 

अन्ततः चार वर्षको मेहनतपछि उनी अमेरिकी स्पोसल फोर्समा गए। तर उनको इच्छा पूरा भएन। उनको उदेश्य थियो, जहाँबाट युद्ध लड्ने। 

१९८६ मा ८२ डिभिजनमा फर्किएका उनी पुनः युद्ध लड्न थाले। जतिबेला अमेरिकाको र भियतनामको युद्धले उच्च विन्दु लिएको थियो।

यस्तै १९८६ मे २ मा अमेरिकी स्पेशल फोर्सले आफ्ना सैनिक भियतनामी सेनाको कब्जामा फसेको र सहयोग मागिरहेको खबर पायो।

खबर पाएका रोयले आफ्ना सैनिक बचाउन  हेलिकप्टर लिएर हतियारबिहिन नै युद्ध भएको ठाउँ पुगे। 

हातहतियार सहित तैनाथ रहेका भियतनामी सेनाले रोय। माथि गोली प्रहार गर्यो जुन उनको ढाड र खुट्टामा लाग्यो तर पनि उनले आफ्नो हिम्मत छाडेनन्। गोली लागेर घाइतो भएको शरीर घिसार्दै उनी आफ्ना साथीहरुको उद्दारमा लागिरहे।

लगातार भइरहेको फाइरिङले उनको तिघ्रा र ढाड घाइते भयो। जसको प्रवाह नै नगरी उनले साथीहरुको ज्यान बचाउन ‘डेन्जर कोल्ज एयर स्टाईक’ मा फोन गरी मद्दतका लागी हेलिकप्टरको माग गरे।

‘डेन्जर कोल्ज एयर स्टाईक’  भनेको के हो?

‘डेन्जर कोल्ज एयर स्टाईक’ भनेको एक फाइटर विमान हो। जुन समान्य हेलिकप्टर भन्दा ठूलो हुन्छ। युद्ध मैदानबाट सैनिकले बेस क्यापमा गरेको फोन सिधैँ फाइटर विमानको पाइलटमा पुग्छ। जसपश्चात सैनिकले आफू र दुस्मन कहाँ छन भन्ने जानकारी दिन मिल्छ र विमान युद्ध भएको ठाउँमा पुग्छ।

लगातर एघार घण्टा युद्ध लडेर थाकेका रोयको शरीरको गल्दै गएपनि हिम्मत भने मजबुद नै थियो। उनले प्रण लिएका थिए, साथीहरूलाई जीवितै उद्दार गर्ने।

जब कोही समयपछि हेलिकप्टर आयो उनमा बाच्ने आशा पुन जागृत हुन थाल्यो, उनी आफ्नो शरिर घिसार्दे सबै साथीलाई हेलिकप्टरमा हाल्न थाले। तर ३७ पटक गोलि लागेर घाइते भएको उनको शरिरले धेरै समय काम गर्न सकेन र उनी बेहोस भए।

 

८ जना सैनिकलाई उद्दार गरेर थाकिसकेका उनलाई जब अस्पताल पुर्याइयो,  डाक्टरले उनलाई मृत घोषित गर्यो। तर जीवितै रहेका उनले डाक्टरको मुखमा थुकेर आफू जीवित रहेको बताए।

रोय जीवित रहेको कुरा थाहा पाएका सैनिकहरूले उनलाई उपचारका लागि जापान पठायो।

लडाईको एक वर्षपछि अमेरिकी सरकारले रोयलाई ‘डिस्टिनगुइस सर्भिस क्रस तथा कंग्रेसनल मेडल अफ अनर’ले विभूषित गर्यो।

जुन अमेरिकी सेनाको सबैभन्दा ठूलो पुरस्कार हो। युद्ध भूमीमा ज्यानको बाजी लगाएर साथीहरूलाई बचाएका उनी बहादुरीका एक मिसाइल बने। 

 

प्रकाशित मिति: : 2022-07-29 21:20:00

प्रतिकृया दिनुहोस्