विराटनगरबाट काठमाडौँ उड्न लागेको यति एयरलाइन्सको जहाजमा खराबी

फाइल तस्विर
फाइल तस्विर

विराटनगरबाट काठमाडौँ उड्न लागेको यति एयरलाइन्सको जहाजमा खराबी आएपछि यात्रुहरुलाई ओरालिएको छ।

६० जना यात्रु लिएर काठमाडौँ उड्न लागेको वाईटी ७८६ उडान नम्बर र एमएम कल साइनको जहाजमा खराबी आएको हो।

शुक्रबार बिहान ७ः३० बजे काठमाडौं प्रस्थान गर्ने तयारी गर्दैगर्दा खराबी आएपछि जहाजलाई विराटनगर विमानस्थलमै राखिएको यति एयरलाइन्स विराटनगरका स्टेशन म्यानेजर प्रेम कुँवरले जानकारी दिए। उनकाअनुसार उक्त जहाज हिजो बेलुका मात्रै काठमाडौँबाट विराटनगर आएको हो।

यात्रु चढिसकेपछि जहाज बिग्रिएपछि काठमाडौँबाट अर्को जहाज बोलाएर यात्रुहरुलाई गन्तव्यसम्म पुर्याउने कुवरले बताए। उनले काठमाडौँबाट प्रविधिकको टोली बोलाएर समस्या समाधान गर्ने जानकारी दिए।

प्रकाशित मिति: : 2022-07-29 10:44:00

प्रतिकृया दिनुहोस्