राष्ट्रिय दोहोरी प्रतियोगिताको उपाधि नगरकोटलाई

File photo
File photo

पोखरामा सम्पन्न राष्ट्रिय स्तरको दोहोरी गीत प्रतियोगिताकाे उपाधि नगरकोटले जितेको छ। कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको उपाधि जित्दै नगरकोट दोहोरी साँझ काठमाडौंले नगद ६ लाख पुरस्कार पायो।

फाइनल प्रतिस्पर्धामा नगरकोटले दरबार दोहोरी साँझ काठमाडौंलाई पराजित गरेको हो। जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया तेस्राे भए। दोस्राे भएको दरबारी दोहोरी साँझले ४ लाख पुरस्कार पाउँदा तेस्राे बनेका दुवै टिमले प्रतिटिम डेढ लाख पाएका छन्।

४८ टिमले दर्ता गरेकोमा ४५ टीम सहभागी थिए। उत्कृष्ट गायकमा दोहोरी गीत प्रतिष्ठान गण्डकीका सुमन खड्का र उत्कृष्ट गायिकामा सोही प्रतिष्ठानका सीता परियार घोषित भएका छन्।

अनुशासित टिम धवलागिरि दोहोरो साँझ ओशाका जापान बन्न सफल भयो। नवप्रतिभा प्रोत्साहन पुरस्कार जुनेली दोहोरी साँझका शान्ति कार्कीले प्राप्त गरिन्। उत्कृष्ट गायक, उत्कृष्ट गायिका र अनुशासित टिमलाई नगद ५० हजारका दरले पुरस्कार दिइएको थियो। नवप्रतिभा प्रोत्साहन पुरस्कारको राशि १० हजार प्रदान गरिएको थियो।

प्रकाशित मिति: : 2022-08-02 13:32:00

प्रतिकृया दिनुहोस्