गायिका मेलिना राईले ताेडिन् इङ्गेजमेन्ट

चर्चित गायिका मेलिना राईले एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँगकाे ‘इङ्गेजमेन्ट’ ताेडेकी छन्।

पाँच वर्षदेखिकाे प्रेम सम्बन्ध पश्चात केही महिनअघि ‘इङ्गेजमेन्ट’ गरेकी उनले आफूहरूकाे सम्बन्धन टुङ्गिएकाे सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।

आफू र सञ्जीवबीच मेतभेद हुन थालेपछि ‘इङ्गेजमेन्ट’ ताेड्ने निर्णयमा पुगेकाे उनले बताएकी छन्।

‘हामीबीच बैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात् हाम्रो विचारमा मेल खान सकेन। धेरै समीक्षा, आत्मा समीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो,’ उनले फेसबुकमा लेखेकी छिन्।

मेलिनाले सबै इन्गेज्मेन्टहरु विवाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी कुरा नहुने बताइन्। .‘..त आजकै मितिबाट हामी बिचको इन्गेज्मेन्टपछि तोडिएको कुरा म फेरि यहीँ सामाजिक संजालमार्फत सार्वजानिक गर्दछु,’ उनकाे स्टाटसमा उल्लेख छ।

यसबारे सञ्जीवले भने कुनै जानकारी गराएका छैनन्।

प्रकाशित मिति: : 2022-08-05 17:12:00

प्रतिकृया दिनुहोस्