अर्सलानसँग विवाह गर्दै ऋतिककी पूर्व पत्नी सुजैन

File photo
File photo

बलिउड अभिनेता ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खान हालका दिनमा अर्सलान गोनीसँगको सम्बन्धलाई लिएर चर्चामा छिन्।सुजैन र अर्सलान प्रायः डिनरदेखि लिएर विभिन्न पार्टीमा भेटिइरहन्छन्।हालैमात्र यो जोडी छुट्टी मनाउन गएका थिए, जसको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

दुई सन्तानकी आमा सुजैन ऋतिकसँग मिलेर मोर्डन पेरेन्टिङका माध्यमबाट बच्चाको पालनपोषण गरिरहेकी छन्।समाचार अनुसार सुजैन चाँडै अर्सलानसँग विवाह गर्दैछिन्।

‘सुजैन र अर्सलान निकै मेच्युर भइसकेका छन्।त्यहीकारण उनीहरु आफ्नो जिन्दगी एकसाथ बिताउन चाहन्छन्।त्यसकारण चाँडै नै विवाह गर्ने तयारीमा छन्।सुजैनले पनि दोस्रो विवाहका लागि गम्भीरतापूर्वक विचार गरिरहेकी छन्।उनीहरुले साधारण तरिकाले विवाह गर्ने योजना बनाएका छन्।

ऋतिक र सुजैनले सन् २००० मा विवाह गरेका थिए।यो जोडी बलिउडमा रुचाइएको जोडीमा पर्दथे।तर दुवैको सम्बन्ध लामो समय चल्न पाएन। उनीहरुले सन् २०१३ मा डिभोर्स गरे। 

प्रकाशित मिति: : 2022-08-06 11:11:00

प्रतिकृया दिनुहोस्