म्यान्मारमा अश्लिल भिडियो पोस्ट गर्ने दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय 

बिएल संवाददाता

रंगुन, म्यान्मार
Myanmar Now
Myanmar Now

अश्लिल भिडियो पोस्ट गरेको भन्दै म्यान्मारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय सुनाइएको छ। 

दुई प्रख्यात मोडल– नाङ म्वे सान र थिन्जर विन्ट क्यावलाई संस्कृति र मर्यादालाई हानि पुर्याउने कार्य गरेको आरोप लगाइएको छ।

उनीहरूले कथित अश्लिल तस्बिर र भिडियो वितरण गरेको र त्यसले म्यान्मारको संस्कृति र सम्मानमा हानि पुगेको जुन्ता सेनालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

दुबै मोडलहरूले ती भिडियोहरू विगत केही महिनाहरूमा एक्जान्ट्रिया र ओन्लीफ्यान्समा पोस्ट गर्दै आएका विज्ञप्तिमा उल्लेख छ।

दुबै मोडेलविरुद्ध विद्युतीय कारोबार कानूनअन्तर्गत मुद्दा चलाइएको र उनीहरूलाई पन्ध्र वर्ष जेल सजाय सुनाइएको छ। सैन्य 'कू'पछि सन् २०२१ मा शक्ति हातमा लिएपछि जुन्ताले म्यान्मारको परम्परागत संस्कृतिलाई संरक्षण गर्न खोजिरहेको छ। 

सरकारले अनलाइन सामग्रीमा नियन्त्रण र मनोरजनपूर्ण सामाग्रीमा सेन्सर लगाएको छ। 

वेबसाइटहरूमा अश्लिल सामग्री पोस्ट गर्ने र म्यान्मारका महिलाहरूको लज्जा र विनम्रतालाई हानि पुर्याउने अन्यलाई पत्ता लगाइ प्रभावकारी कारबाही गरिने सेनाको विज्ञप्तिमा चेतावनी दिइएको छ।

प्रकाशित मिति: : 2022-08-07 10:14:00

प्रतिकृया दिनुहोस्