राप्रपा नेपाल केन्द्रीय समिति बैठक साउन ३० र ३१ गते काठमाडौंमा बस्ने

राप्रपा नेपाल केन्द्रीय समितिको बैठक ३० र ३१ साउन काठमाडौंमा बस्ने भएको छ।

बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्रीहरुको सचिवालय, संगठन, प्रशिक्षणसम्बन्धी प्रतिवेदन, प्रदेश अध्यक्षहरूको साङ्गठानिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, जनबर्गिय संगठनका प्रमुखहरुको प्रतिवेदन, आगामी संघ र प्रदेश निर्वाचनको तयारी र रणनीतिबारे बैठकमा छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

करिब तीन साताको बेलायत भ्रमण सम्पन्न गरी अध्यक्ष थापा भोलि स्वदेश फर्कँदै छन्।

प्रकाशित मिति: : 2022-08-13 15:00:00

प्रतिकृया दिनुहोस्