आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको परिणाम प्रतिवेदन

निर्वाचन आयोगले यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ।

बिहीबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएका हुन्।

निर्वचन ऐन २०७४ को दफा ६२ मा निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनुपर्ने व्यवस्था रहेको छ।

 

प्रकाशित मिति: : 2024-05-02 12:18:00

प्रतिकृया दिनुहोस्