‘कर्णाली युवा स्वयंसेवक’ संचालनकाे लागि काठमाडौंमा भेला

मदन नेपाली

काठमाडौं

कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै ‘कर्णाली युवा स्वयंसेवक’ बनाउन कर्णालीका सबै जिल्लाका उपत्यका केन्द्रित विभिन्न क्षेत्रका युवाहरुको काठमाडौंमा भेला सुरु भएको छ।

कर्णाली प्रदेशका दशवटै जिल्लाका युवाहरुलाई आज (शनिबार) रत्नराज्य लक्ष्मी क्याम्पसमा भेला बोलाएर अभियान थालनी भएको अभियान्ता विनोद शाही ठकुरीले बताए।

मुख्य परिकल्पनाकार प्रभावशाली नेता भूपेन्द्रजंग शाहीले विभिन्न दैवी प्रकोपबाट हुने समस्यालाई सहयोगी समूह आवश्यक रहने भन्दै यथाशीघ्र जुट्ने समूह निर्माणका लागि, सामाजिक सेवा गर्न र विभिन्न योजना अन्तरगत कर्णालीको हितको पक्षमा आगामी दिनमा यहाँको पर्यटनको पर्वद्द्न, युवा उधमशीलता र अन्य तालिमको ब्यबस्थापन गरी यसलाई ब्यबस्थित गर्दै दिगो बनाउने गरी कर्णालीको उत्पादनले नै कर्णालीको विकास र समृद्धिको सपना साकार हुनसक्ने कार्यक्रममा विचार राखे।

उनले जनताको समस्यालाई नदेख्ने कुनै नेता र जनप्रतिनिधि हुन सक्दैन, पन्छिन मिल्दैन जनताको काम गर्नुपर्छ त्यसैले हामीले राम्रो विचारलाई जोड्दै सकारात्मक सहयोगले युवाको भूमिका गर्न भुल्नु हुन्न भन्दै  धारणासमेत राखेका थिए।

कार्यक्रममा विभिन्न क्षेत्रका जिम्मेवार युवा विद्यार्थी, साहित्य संगीत क्षेत्रका कलाकारहरुको उपस्थित रहेको  थियो।

आगामी दिनमा यसलाई प्रदेश राजधानीमा भेला गर्ने र युवा सहभागीता बढाइ व्यापक बनाउदै लैजाने सहभागी अभियानकर्ताहरुको धारणा रहेको थियो।

प्रकाशित मिति: : 2022-08-14 09:17:00

प्रतिकृया दिनुहोस्