माओवादीकाे स्थायी कमिटी बैठक बस्दै

File Photo
File Photo

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अपरान्ह बस्ने भएको छ।

आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल गर्न लागि माओवादीले स्थायी समिति बैठक बोलाएको हो।

‘आज १ बजे बैठक बस्नेछ, यो नियमित बैठक हो’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संघीय संसदमा नै थप छलफलका लागि फिर्ता पठाएको भोलिपल्ट माओवादीले स्थायी समिति बैठक बोलाएकाले सो बारेमा पनि छलफल हुनेछ।

प्रकाशित मिति: : 2022-08-15 10:59:00

प्रतिकृया दिनुहोस्