सांसदले ‘बंक’ हानेपछि सभामुख आक्रोशित 

File photo
File photo

सभामुख अग्निप्रसाद सापकोटाले विधेयक पास गर्ने बेलामा संसद बैठकमा सांसदहरु नबसेकोप्रति आक्रोश व्यक्त गरेका छन्।

संघीय संसद सचिवालयमा सोमबार आयोजित ‘संसदमा कानुन, न्याय तथा मानवअधिकार समितिः अभ्यास र उपलब्धी’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभामुख सापकोटाले विधेयक पास गर्ने बेलामा सांसदहरुको अनुपस्थितिप्रति आक्रोश व्यक्त गरेका हुन्।

पछिल्लो समय विधेयक पास गर्ने क्रममा गणपूरक संख्या नपुग्दा प्रतिनिधिसभा बैठक स्थगित गर्नुपरेको छ। आइतबार नै गणपूरक संख्या नपुगेर दुईपटक प्रतिनिधिसभा बैठक स्थगित गर्नुपरेको थियो।

संसदलाई जनतामा जोड्न निकै मिहेनत गर्नुपरेको स्मरण गराउँदै उनले तर, बैठकमा सांसद अनुपस्थित हुँदा विधेयक पारित गर्न समस्या भइरहेको बताए।

संसदको गतिविधिलाई जनताले नियालिरहेको भन्दै उनले बैठकमा उपस्थित हुन पटक पटक घण्टी बजाउँदा पनि गणपूरक संख्या नपुगेर विधेयक  पास गर्न नसकिएको बताए।
 

प्रकाशित मिति: : 2022-08-15 17:00:00

प्रतिकृया दिनुहोस्