रुस्दीमाथि हमलाबारे इरानको टिप्पणी हाँस्यास्पदः बेलायत

उपन्यासकार सलमान रुस्दीमाथि भएको हमलामा उनी आफू नै जिम्मेवार भएको भन्ने इरानको भनाइप्रति बेलायतले आपत्ति जनाएको छ। ‘हमलाको लागि रुस्दी जिम्मेवार थिए भन्नु हाँस्यास्पद हो’, बेलायती प्रधानमन्त्री बोरिस जोनसनका प्रवक्ताले भने।

यसअघि सोमबार इरानको विदेश मन्त्रालयले आक्रमण हुनुमा लेखक स्वयंम दोषी रहेको ठहर गरेको थियो। 

प्रवक्ताले पत्रकारहरूलाई भने, ‘सलमान रुस्दी आफूमाथि भएको यो घृणित आक्रमणको लागि कुनै पनि हिसाबले जिम्मेवार थिए भन्नु हास्यास्पद हो।’

उनले अगाडि थपे, ‘ यो उहाँमाथिको आक्रमण मात्रै थिएन। यो अभिव्यक्ति र अभिव्यक्तिको स्वतन्त्रतामाथिको आक्रमण थियो। बेलायत सरकार उहाँ र उहाँको परिवारको पक्षमा उभिएको छ। तर, हामी विश्वव्यापी रूपमा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा उभिन्छौं।’

यसअघि इरानी सञ्चार माध्यमहरुले रुस्दीका आक्रमणकारीको प्रशंसा गरेका थिए।

प्रकाशित मिति: : 2022-08-16 06:32:00

प्रतिकृया दिनुहोस्