रोल्पामा अरिङ्गालकाे टोकाइबाट एक जनाको मृत्यु

अरिङ्गालले टोकेर रोल्पामा एक जनाको ज्यान गएको छ।

रोल्पा नगरपालिका–१० का ५४ वर्षीय जयबहादुर बुढा मगरको अरिङ्गालले टोकेर ज्यान गएको हो।

सोमबार साँझ अन्दाजी ६ बजे घर नजिकै जङगलमा अरिङ्गाल पोल्ने क्रममा अरिङगालले शरीरको विभिन्न भागमा टोकेर घाइते भएका बुढाको रोल्पा अस्पताल रेउघामा उपचारको क्रममा राति १२ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

प्रकाशित मिति: : 2022-08-16 12:57:00

प्रतिकृया दिनुहोस्