माओवादी केन्द्रको महासचिव बन्दै देव गुरुङ !

काठमाडौंमा जारी नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकले सम्भवतः बिहिबार पदाधिकारी टुग्याउने छ।

यसअघि केन्द्रीय पार्टी कार्यालयमा बसेको एउटा बैठकले ४१ सदस्यीय स्थायी समिति र १२५ सदस्यीय पोलिटब्यूरो समिति गठन गरेको स्थायी समिति सदस्य गिरीराजमणि पोखरेलले जनाएका छन्। 

माओवादी केन्द्रका सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बस्ने बैठकमा पदाधिकारीको नाम घोषणा गर्ने नेताहरूले बताएका छन्। अन्य पदमा लगभग सहमति भएपनि शक्तिशाली महासचिवबारे शीर्ष नेता वर्षमान पुन, देव गुरुङ र जनार्दन शर्माबीच रस्साकस्सी जारी छ। 

त्यसो त महाधिवेशन दिनयता ‘शक्तिशाली महासचिव पद कसलाई सुम्पिने’ भन्ने विषय सबैभन्दा बेचिलो बन्दैआएकाे पार्टीका शीर्ष नेता प्रवक्ता कृष्णबहादुर महराले जनाएका छन्। 

अध्यक्ष ‘प्रचण्ड’ले बिहिबार साँझ नेता महरासहित वर्षमान पुन, देव गुरुङ र जनार्दन शर्मासँग निर्णायक संवाद गरेका छन्। स्रोतकाअनुसार पार्टी महासचिवका लागि अध्यक्ष प्रचण्डले पुन र शर्मालाई उपाध्यक्षकाे  देव 'ललिपप' देखाउँदै गुरुङलाई रोजेका हुन्।

‘बुधबार साँझ अध्यक्ष कमरेडसँग महरा सर, वर्षमानजी, देव गुरुङजी र जनार्दनजी लामै छलफलमा हुनुहुन्थ्यो। त्यहाँ एकखालको सहमति पनि भएको छ। माओवादी केन्द्रभित्र महासचिवका लागि कुनै विवाद छैन। बाहिर आएका कुराहरू हल्ला मात्रै हुन्,‘ माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले भने, ‘बुधबार बिहानसम्मको कुरा गर्नुहुन्छ भने लगभग देव गुरुङजी महासचिव बन्ने भन्ने पक्कापक्की जस्तै छ। यसमा वर्षमान र जनार्दनजी पनि राजी हुनुहुन्छ।’

तर, महासचिवमा प्रचण्डको देव गुरुङ रोजाइँप्रति जनार्दन शर्मा सन्तुष्ट छैनन्। उनी खुमलटारबाट रिसाउँदै निस्किएको माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले बिएल नेपाली सेवालाई जनाएका छन्।

प्रकाशित मिति: : 2022-08-18 05:29:00

प्रतिकृया दिनुहोस्