रूसी हमलामा खार्किभमा ६ जनाको मृत्यु

रूसी हमलामा खार्किभमा कम्तीमा ६ जनाको मृत्यु भएको छ। बुधबार भएको उक्त हमलामा अन्य १६ जना घाइते भएका छन्।

युक्रेनका राष्ट्रपतिले भोलोदिमिर जेलेन्स्कीले उक्त हमलालाई घृणित र निन्दनीय बताएका छन्। 

हमलामा एउटा फ्ल्याटका ब्लक पूर्ण रूपमा ध्वस्त भएको बताए। आक्रमणको कुनै औचित्य नभएको र यसले अतिक्रमणकारीको शक्तिहीनता प्रदर्शन गरेको बताए। आक्रमणको बदला लिने पनि उनले चेतावनी दिएका छन्। 

‘हामी माफ गर्दैनौं, हामी बदला लिनेछौं’, राष्ट्रपतिले भने।

विस्फोटपछि उत्तरपूर्वी सहरको उक्त फ्ल्याटको ब्लकमा आगो लागेको सहरका मेयरले बताएका छन्।

यसअघि उक्त हमलामा तीन जनाको ज्यान गएको र १० जना घाइते भएको क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले बताएका थिए। फेब्रूवरीको सुरूमा खार्किभलाई रूसी सेनाले घेरा हालेका थिए।

प्रकाशित मिति: : 2022-08-18 06:58:00

प्रतिकृया दिनुहोस्