वैशाख १ मा ‘भगवत गीता’

कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रबार सुहाना थापाको फस्टलुकसहित फिल्म ‘भगवत् गीता’को घोषणा गरिएको छ। सुहाना थापा मुख्य भूमिकामा रहने फिल्म नामसँगै सुहाना थापा प्रोडक्सनले आगामी वर्षको १ वैशाखलाई रिलिज मिति तोकेको छ।

फिल्मकी निर्देशक झरना थापाले फेसबुकमार्फत टाइटल टिजर र मिति सार्वजनिक गरेकी छन्। फिल्मका निर्मातामा सुनीलकुमार थापा रहनेछन्। झरनाका अनुसार फिल्मका लागि सुहानाको जोडी खोजी भइरहेको छ। फिल्मले अन्तरजातीय प्रेमकथा बोल्नेछ।

प्रकाशित मिति: : 2022-08-19 10:48:00

प्रतिकृया दिनुहोस्