राष्ट्रिय स्वतन्त्र पार्टीको दोलखा जिल्ला भेला बुधबार

मङ्सिर ०४ गते आम निर्वाचन घोषणा भएसँगै चुनावी चहलपहल बढ्न थालेको छ। सबै दलहरु चुनाव प्रसार-प्रचारमा लागिरहेका छन्।

त्यसैगरी रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनावलाई मध्य नजर गर्दै चुनाव चिन्ह घण्टी लिएर देशभर कार्यक्रम गरिरहेको छ।

यसैबीच भाद्र १५ गते दोलखाको चरिकोटमा  जिल्ला भेला हुने भएको छ। उक्त भेलामा पार्टी अध्यक्ष रवि लामीछाने सङ्गै   आम स्वतन्त्र व्यक्तिलगायत जिल्लाबासीहरुको उपस्थित हुने बताइएको छ।

प्रकाशित मिति: : 2022-08-25 19:46:00

प्रतिकृया दिनुहोस्