नेपाललाई सहयोग गर्न नेपाल फेस्टिवल गर्दै मेडोरा बेल्जियम

युरोपियन मुलुक बेल्जियमबाट नेपालमा विभिन्न सामाजिक सहयोग गर्दै आएका थुप्रै बेल्जिक संघसंस्थाहरू रहेका छन्र।

नेपाललाई माया गर्ने बेल्जियम नागरिक द्वारा संचालित यस्ता संस्थाहरुले शिक्षा,स्वास्थ्य क्षेत्रमा धेरै सहयोग गरिरहेका छन्। उनीहरुले बेल्जियममा नेपालाई चिनाउने कार्यक्म गरेर रकम संकलन गर्ने गरेका छन्र। त्यसबाट उठने तथा विभिन्न निकायहरूबाट उपलब्ध आर्थिक सहयोग नेपालमा प्रयोग गर्दछन।

चितवन,कास्की,म्याग्दी,काठमाडौ लगायतका स्थानहरुमा विगत लामो समय देखि उनीहरुले विद्यार्थीहरूको लागि विशेष सेवा दिँदै आएका छन्। यसरी सेवा दिने मध्यको एक संस्था मेडोरा बेल्जियम रहेको छ। लुम्मेन् नगरपालिकामा अवस्थित यो संस्थाले नेपालमा सहयोगार्थ हेतुले सेप्टेम्बर ३ तारिखको दिनमा नेपाल फेस्टिवल आयोजना गरेको छ।

फेस्टिवलमा नेपाल चिनाउने विभिन्न सांस्कृतिक कार्यक्रमका साथै नेपाली खाना राखिने आयोजकले जनाएको छ। उनीहरूका अनुसार उक्त कार्यक्रममा संकलित रकम नेपाली विद्यार्थीहरूको दात उपचारमा विशेष प्रयोग हुनेछ।संस्थाले विगतमा नेपाल क्याफे,नेपाल फेस्टिवल कार्यक्रम हरु आयोजना गरी सकेको छ ।

'नेपाल फेस्टिवलको आम्दानीबाट दुर्गम स्थानमा रहेका धेरै बालबालिका तथा गरिब जनताले दाँतको उपचार र अन्य धेरै प्रकारका सहयोग निःशुल्क पाउनेछन्' मेंडोरा बेल्जियमकी महिला प्रमुख अनिता लिनर्तसले बताइन्र। मेडोरा बेल्जियमले यसै वर्षको अक्टोबरमा एनडीए (नेपाल डेन्टल एसोसिएसन) सँग मिलेर दन्त चिकित्सा शिविर आयोजना गर्न लागि रहेको छ।

वर्षमा धेरै पटक, बेल्जियम र नेदरल्याण्ड्सका टोलीहरू सामुदायिक स्वास्थ्य केन्द्र वा दुर्गम गाउँहरूमा (दन्त चिकित्सक, अन्य चिकित्सकीय रूपमा प्रशिक्षित र स्वयंसेवकहरू) मा काम गर्न स्वास्थ्य केन्द्रमा जान्छन्।

संस्था महिला प्रमुख अनिताका अनुसार  'संस्था उद्देश्य विश्वव्यापी सरसफाइ, स्वास्थ्य र नेपाली विद्यालयका विद्यार्थीहरूको थप विशिष्ट मौखिक स्वास्थ्य सुधार गर्नु हो।' उनी भन्छिन् 'हाम्रो परियोजनामा ​​२१ विद्यालयका लगभग पाँच हजार बालबालिकाहरु लाभान्वित भैइहेका छन्। सबै बालबालिकाले विद्यालयमा चेकअप गर्छन्।उनीहरूलाई स्वयंसेवकहरूद्वारा सरसफाइ, दाँत माझ्ने र स्वस्थ खानाको बारेमा निर्देशन दिइन्छ।विद्यालयहरूलाई वर्षभरि टूथब्रस, टूथपेस्ट र साबुन उपलब्ध गराइन्छ। तिनीहरू स्कूलमा हरेक दिन दाँत माझ्छन्।'

मेडोरा हेल्थ फाउन्डेसन नेपाल सन् २००७ मा  दन्त चिकित्सक रिएन कुपम्यान्सद्वारा स्थापना गरिएको थियो। सन् २०१० देखि मेडोरा बेल्जियम यस परियोजनामा ​​सामेल भएको थियो।

संस्थाले चितवनको बचौलीमा रहेको सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माण गरेर  विद्यालयका बालबालिका र स्थानीय मानिसहरूलाई दन्त उपचार प्रदान गर्न तीन वटा पूर्ण रूपमा सुविधायुक्त दन्त क्याबिनेटहरू सञ्चालनमा ल्याएको छ।।

मेंडोराले विभिन्न विद्यालयहरूमा नयाँ -वा सुधारिएको - सेनेटरी सुविधाहरू (स्वच्छ पानी, ट्याप, फिल्टर, शौचालय) निर्माण गरेको छ र बालबालिकाहरूलाई विद्यालय सामग्री, विद्यालयको पोशाक वा न्यानो लुगा उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति: : 2022-08-28 15:46:00

प्रतिकृया दिनुहोस्