कर्णालीमा माओवादीका ११ सांसद, १२ मन्त्री

कर्णाली प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री नियुक्त भएसँगै सबै सांसद मन्त्री बन्न सफल भएका छन्।

साेमबार मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गरेसँगै माओवादीले शतप्रतिशत सांसदलाई मन्त्री बनाउन सल भएकाे हाे।

संघीयताकाे खराे वकालत गर्ने माओवादीले कर्णालीमा सबै सांसदलाई मन्त्री बनाएर ठुलाे उपलब्धि हासिल गरेकाे छ।

माओवादीबाट कर्णाली प्रदेशसभामा ११ जना सांसदले प्रतिनिधित्व गरेपनि १२ जना मन्त्री  बन्न सफल भएका छन्।

ययअधि माओवादीले हुम्लाका गैरसांसद कार्चेन लामालाई मन्त्री बनाएकाे थियाे। मन्त्री बने लगत्तै उनलाई मुर्ति चाेरीकाे आराेपसमेत लागेकाे थियाे।

मुख्यमन्त्री कार्यालयका अनुसार नवनियुक्त दुई मन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ।

प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री शाह र कामीलाई आजै दिउँसो तीन बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

माओवादीले आफ्ना सरकारमा सहभागी दुई मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जल, स्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर मन्त्री बन्न बाँकी सांसद शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त्री समक्ष सिफारिस गरेको थियो।

प्रकाशित मिति: : 2022-08-29 13:57:00

प्रतिकृया दिनुहोस्