काठमाडौं महानगरपालिकाले काठमाडौं फन पार्कलाई २४ घन्टे अल्टिमेटम दिएको छ।
व्यवसाय सञ्चालन गरेर वर्षौंदेखि कर नतिरेको भन्दै महानगरले बुधबार पत्राचार जारी गर्दै २४ घण्टाभित्र कर तिर्न निर्देशन दिएको हो।
तोकिएको अल्टिमेटमभित्र कर नतिरे फनपार्क शिलबन्दी गरी असुल उपर गरिने चेतावनी पनि महानगरले दिएको छ।
पछिल्लो केही दिनदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अनधिकृत रुपमा बनाइएका संरचनाहरू भत्काउँदै आएका छन्।