प्रदेश सभामा भट्टराईको दाबेदारी

नेपाली कांग्रेसका झापा जिल्ला उपसभापति शेरबहादुर भट्टराईले आसन्न प्रदेश सभाको चुनावका लागि उम्मेदवारी आकांक्षा देखाएका छन्।

मंसिरमा हुन गइरहेको प्रदेश सभाका लागि दमक–५ निवासी भट्टराईले झापा –५ (ख) क्षेत्रबाट उम्मेदवारी दिने इच्छा जाहेर गरेका हुन्। 

उक्त क्षेत्रमा दमक नगरपालिका र कमल गाउपालिकाका वडा नं. ५,६ र ७ गरि तीनवटा वडा समेटिएका छन्। 

अढाई दशकदेखि नेपाली कांग्रेस राजनीतिको अभिच्छिन्न यात्रामा रहेका भट्टराई पार्टी र सामाजिक क्षेत्रमा उत्तिकै सक्रिय छन् ।

पार्टीको दमक नगर उपसभापति रहेकै बखत सभापति जितबहादुर खडकाको राजीनामापछि कार्यवहाक नगर सभापति भएर कांग्रेस दमकलाई नेतृत्व प्रदान गरेका भट्टराई अहिले झापा जिल्ला उपसभापतिका रुपमा छन।

कांग्रेसको चौधौं महाधिवेशनमा झापा जिल्ला अधिवेशनबाट भट्टराई जिल्ला उपसभापतिमा शानदार मतले विजयी भएका हुन्। 

शालिन र भद्र स्वभावका नेता भटटराई पूर्व शिक्षक पनि हुन्। भट्टराईको कार्यकालमा नै कांग्रेस दमक र क्षेत्रीय समितिका भवनहरुको निर्माण भएको हो।

भट्टराईले आफनो कार्यकालमा पाउने गरेको सफलताको एउटै शुत्र हो आर्थिक पारदर्शीता। 

उनी कांग्रेसमा दुई कार्यकाल ९११ औं र १२ औं महाधिवेशनमा क्षेत्रीय सभापति पछि पार्टीको १३ औं महाधिवेशनमा भने महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्य चुनिन सफल भएका थिए भने १४ औं महाधिवेशनबाट जिल्ला उपसभापतिमा निर्वाचित भएका हुन्।

उनकै कार्यकालमा दमकमा कांग्रेसको पार्टी कार्यालय तत्कालिन पार्टी सभापति स्व। गिरिजाप्रसाद कोइरालाबाट शिलान्यास गरिएको थियो।

नेता भटटराईको झापाली भूमिमा राजनीतिसंगै सामाजिक क्षेत्रमा लामो समयदेखिको योगदान छ।

दमकमा स्वास्थ्य क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै उनकै नेतृत्वमा स्थापना भएको लाइफलाइन अस्पताल र एडभान्स हस्पिटल अहिले झापामै स्थापित स्वास्थ्य संस्थाका रुपमा छन भने दमकमा यस अघि पहिलो पटक ट्राफिक भवन, तत्कालिन दिपिनी प्रावि, मेची बोर्डिड स्कूलका साथै वशिष्ट संस्कृत गुरुकुलको समेत स्थापना उनकै नेतृत्वमा गरिएका हुन्।

पार्टी केन्द्रबाट पनि टिकटकालागि सकारात्मक आश्वासन पाएको भन्दै स्थानीय स्तरमा पार्टीभित्रका अन्य आकांक्षी र कार्यकर्ताको विश्वास जितेर चुनावी मैदानमा उत्रिने तयारी गरेको भट्टराईको कथन छ।

प्रादेशिक संरचनामा आफुले खेल्ने भूमिकाका बारेमा र स्थानीय समस्या उठान गर्नका लागि आफुसंग नविनतम खाका रहेको उनी बताउँछन्।

सामाजिक क्षेत्रमा सक्रियताका साथ लागि परिरहेका भट्टराई काङ्ग्रेसभित्र जुझारु र प्रखर वक्ताको रुपमा चिनिदै आएका छन्।
 

प्रकाशित मिति: : 2022-09-01 18:01:00

प्रतिकृया दिनुहोस्