‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको छ।
मेलम्ची खानेपानीको मुहान भन्दा ९ किलोमिटर माथि नाकोटेमा भीषण पहिरोले मेलम्ची नदी थुनिएको छ। पहिरोले खोला थुनिएपछि स्थानीयवासीमा भागदाैड मच्चिएकाे छ।
लगातारकाे वर्षा र परीक्षण क्रममा रहेको मेलम्ची आयोजनाको सुरुङको पानी पनि आजै खोलामा छोडिँदा उर्लिएकाे खाेलाका कारणा पहिराे गएकाे हाे। मेलम्ची नगरपालिकाको चनौटे बजार पनि जलमग्न भएको छ।
नदी थुनिएपछि तल्लो मेलम्चीको बजार उच्च जोखिममा परेको छ भने पहिरोले खोला थुनिएपछि स्थानीयवासीहरु आतंक सृजना भएको छ। बाढी र पहिरोले हेलम्बुको तिम्बु बजार सिंगै बगाएको छ। यसैगरी चनौते भन्ने बजार पनि डुबानमा परेको छ। कम्तिमा ६ जना स्थानीवासी वेपत्ता भएको आशंका गरेकाे बताइएको।
मेलम्ची आयोजनाको सुरक्षार्थ रहेको सशस्त्र प्रहरी र चिनीयाको क्याम्प पनि डुबानमा परेका छन्। मेलम्ची बजारसहित मेलम्ची नदी किनारका बाहुनेपाटी, सिपाघाटमा बस्ती खाली गराउन थालिएको हो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया