कांग्रेस रुपन्देहीमा विवाद : ‘लोकतान्त्रिक पार्टीको अलोकतान्त्रिक अभ्यास’

आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोटको विषयलाई लिएर नेपाली कांग्रेस रुपन्देहीमा विवाद उत्पन्न भएको छ। 

रुपन्देही क्षेत्र नम्बर ४ मा उम्मेदवारको नाम सिफारिस गर्ने विषयमा उत्पन्न विवाद सार्वजनिक भएको हो।

कांग्रेस क्षेत्रीय महाधिवेशन प्रतिनिधि आशुतोष मिश्रले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्। 

बिहिबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले कांग्रेसभित्र ‘लोकतान्त्रिक पार्टीको अलोकतान्त्रिक अभ्यास’ भनेर आरोप लगाएका छन्।’ 

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने क्रममा रुपन्देही क्षेत्र नम्बर–४ बाट एकलौटी रुपमा प्रमोद यादवको नाम सिफारिस गरी आफ्नो नाम हटाएकोमा असन्तुष्टी व्यक्त गरेका छन्।

पार्टीको विधि र प्रक्रियामा चल्नुपर्नेमा जोड दिँदै आएका मिश्रले स्थानीय तहको निर्वाचनमा समेत गुटबन्दी र अन्तरघात भएको आरोप लगाउँदै आएका छन्। 

स्थानीय तह निर्वाचनमा मर्चवारी गाउँपालिकामा कांग्रेसका आधिकारिक उम्मेदवारलाई सहयोग नगरी अन्यलाई सहयोग गरेको भन्दै आरोप समेत लगाउँदै आएका छन्। 

यस्तो छ उनको विज्ञप्ति:    
नेपाली कांग्रेसले नेपालमा सबै आन्दोलनको नेतृत्व गर्दै लोकतन्त्र स्थापना गरायो। यस मानेमा सर्वसाधारणको बुझाईमा नेपाली कांग्रेसका नेता, कार्यकर्ता र अगुवाहरुले लोकतान्त्रिक पद्धतीको अभ्यास गर्छन होला भन्ने विश्वास रहेको छ। तर शायद अब लोकतन्त्र र लोकतान्त्रिक शब्द ने.का. को नारामा मात्र सिमित हुन गएको छ। जसले भर्खरै सम्पन्न स्थानिय निर्वाचनमा खुल्लम खुल्ला विद्रोही उम्मेदवारको पक्षमा प्रचार गरे र भोट मागे। जसले पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन आफ्नो पूरा शक्ति प्रयोग गरे अहिले आएर उनै राजनैतिक दलाल एव भ्रष्टहरुलाई रुपन्देही ने का ४ ले २०७९/०५/१५ मा उम्मेदवार– सिफारीस गरेको छ। म स्वयं पनि आफ्नो उम्मेदवारीको आवेदन ने. का. पार्टी द्वारा जारी मापदण्ड अनुसार क्षेत्रीय सभापतीलाई बुझाएको थिए तर त्यसलाई फालीयो र एकलौटी नामहरु सिफारीस गरियो। माने नाम सिफारीस हुदैमा मैले नै उम्मेदवारीको लागि मनोन्यन पत्र पार्टी बाट पाउंथे। शायद यो ती कमजोर मानसिक अवस्थाकी व्यक्तिहरुको डर थियो। यसको नाम पठाए हामी बाहिरिन्छौं भन्नेयस किसिमको व्यवहार रुपन्देही ने का–४ ले पहिला पनि गरेकै हो। तर म स्वयंले यसको प्रतिकार गर्दै एकजना युवा उम्मेदवारलाई पार्टी टिकट दिलाउन सफल भएको थिए। पुनः उही प्रकृतिको व्यवहार २०७९/०५/१५ मा हिजो यस भ्रष्ट, कमजोर, लोभी र अति नै निम्न स्तरीय प्रकृतीको सिफारीसको घोर निन्दा गर्दैछु। 

प्रकाशित मिति: : 2022-09-02 13:15:00

प्रतिकृया दिनुहोस्