दाङमा कांग्रेस र नेकपा एसले टुंग्यायो उम्मेदवार सिफारिस, काे-काे परे सूचीमा?

File Photo
File Photo

आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि राजनीतिक दलहरु अहिले उम्मेदवारको नाम सिफारिस गर्न लागिरहेका छन्।

दाङमा चार ठूला दलहरुमध्ये दुई वटा पार्टीले उम्मेदवाहरुको नाम सिफारिस गरिसकेका छन्।

पार्टीका क्षेत्रीय तथा जिल्ला कमिटीहरुले नाम टुंगो लगाउँदै छन्। जसमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधि तथा प्रदेशसभाका लागि उम्मेदवारको नाम सिफारिस गरिसकेका छन्।

दाङ एमाले आजै टुंग्याउने कसरतमा रहेको छ। माओवादी केन्द्र भने पर्ख र हेरको अवस्थामा रहेको छ। माओवादीले गठबन्धनमा सिट बाँडफाँट मिलेपछि टुंग्याउने तयारी गरेको पार्टी दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले जानकारी दिए।

नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीले जिल्लाका सबै निर्वाचन क्षेत्रका उम्मेदावारहरुको नाम सिफारिस गरिएको जानकारी दिए। उनका अनुसार क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार जनाको नाम सिफारिस भएको छ।

सिफारिसमा पर्नेहरुमा केन्द्रीय सदस्यद्वय योगेन्द्र चौधरी र कृष्णकिशोर घिमिरे, अनुराग खड्का र प्रदीप थापा छन्। अनुराग खड्का स्वर्गीय नेता खुमबहादुर खड्काका छोरा हुन्। उनले  पार्टीको गत अधिवेशनमा महाधिवेशन प्रतिनिधिका निर्वाचनमा सर्वाधिक लोकप्रिय मत प्राप्त गरेका थिए।

क्षेत्र नम्बर १ बाट समानुपातिकतर्फ पूर्वसांसद सुशीला चौधरी, आत्माराम भट्टराई, खडकबहादुर सुनार , दोर्ण भुसाल, गोबिन्द रेग्मी, रामप्रसाद चौधरी र जमिर शाहको नाम सिफारिस भएको छ।

यस्तै क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि पूर्वसांसद राजु खनालसहित पूर्वजिल्ला सभापति घनश्याम रेग्मी, किरणकिशोर घिमिरे र भरतबहादुर न्यौपानेको पनि नाम सिफारिस गरिएको छ।

त्यस्तै समानुपातिक पुरूषतर्फ पूर्वजिल्ला सभापति विरकेश्वरी गौतम, नेता नदनकुमार शर्मा, हरि रजौरे, गोविन्द मज्गैंया, तेजबहादुर विक र गणेशमान चौधरीको नाम सिफारिस गरिएको छ।

महिला समानुपातिकतर्फ विमला योगी, सपना बोहराको नाम सिफारिस गरिएको छ।

दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि पूर्वमन्त्री दीपक गिरी, शान्तिनगर गाउँपालिकाका पूर्व अध्यक्ष कमानसिंह डाँगी, यमप्रसाद पाण्डे, मदन रसिक, विजुल विश्वकर्मा र राजेन्द्र धितालको नाम पनि सिफारिस गरिएको छ।

क्षेत्र नम्बर ३ बाट समानुपातिकतर्फ केन्द्रीय सदस्य गेहेन्द्र गिरी, पूर्व सांसद बुद्धिराम भण्डारी, पूर्वजिल्ला सभापति कीर्तिबहादुर खड्का, नेता घनश्याम शेरपाइली, चुर्णबहादुर चौधरी र महिलामा देवीका नेपालीको नाम पनि सिफारिस भएको छ।

प्रदेशसभातर्फ

कांग्रेसले दाङ क्षेत्र नम्बर १ प्रदेशसभा (क) मा भेषराज पाण्डे, नुमानन्द सुवेदी, लक्ष्मण चौधरीको नाम सिफारिस गरेको जिल्ला सभापति डाँगीले बताए। त्यस्तै प्रदीपराज शर्माको नाम पनि रायसुझावको लागि क्षेत्रमा सिफारिस गरिएको छ।

क्षेत्र नं‍ १ (क) मा समानुपातिकमा अनुराग यादव र महिलातर्फ यशोदा चौधरीको नाम एक नम्बरमा सिफारिस गरिएको छ। त्यस्तै समानुपातिकतर्फ लोकराज केसी र श्रीपत चौधरीको नाम पनि उपयुक्त उम्मेदवार भन्दै राय पठाइएको छ।

त्यस्तै प्रदेश निर्वाचन क्षेत्र (ख) तर्फ जानकीलाल बस्नेतसहित बासुदेव जंगली, मधु न्यौपाने, शान्तराज अधिकारी, चुरामणि आचार्य र  पवन नेपालीको नाम रहेको छ।

त्यस्तै समानुपातिकतर्फ महिलामा महाधिवेशन प्रतिनिधि गिरिजादेवी न्यौपानेसहित लोका विश्वकर्मा, देवका बेलबासे, पवनकुमार यादव, रेशमबहादुर बुढा, खिमा अधिकारीको नाम सिफारिस गरिएको छ।

पुरूषतर्फ माधव चौधरी, ताराप्रसाद नेपाली, गीता चौधरी, घनश्याम सुवेदी, खड्गबहादुर विक र गोपाल नेपालीको नाम सिफारिस गरिएको छ।

त्यस्तै दाङ क्षेत्र नम्बर २ प्रदेशसभा (क) तर्फ नेता गोपालराज शर्मासहित खगराज पाण्डे, कमल किशोर घिमिरे, कमानसिंह भारती, दुर्लभ केसी, दामोदर केसी र कुलराज खनालको नाम सिफारिस भएको छ।

त्यस्तै समानुपातिक पुरूषतर्फ भूपबहादुर डाँगी, ध्रुबकुमार पुन, महेश श्रेष्ठ, वमबहादुर डिसी, केशव नेपाली, ध्रुबकुमार ज्ञवाली, बुझौना चौधरी र देवबहादुर नेपालीको नाम सिफारिस भएको छ।

त्यस्तै महिलातर्फ पुष्पा श्रेष्ठ, सुशीला थापा, गिरिजा पोखरेल र लिला नेपालीको नाम सिफारिस भएको छ।

यसैगरी प्रदेशसभातर्फ दाङ क्षेत्र नम्बर २ (ख) बाट अभियान बस्नेत, श्याम रेग्मी, प्रचण्ड विक्रम न्यौपाने, कुमोदराज शर्मा, दीपक न्यौपाने, चित्रबहादुर डाँगी र हिमबहादुर डाँगीको नाम सिफारिस भएको छ।

त्यस्तै समानुपातिकतर्फ पुरूषमा पृथ्वी चौधरी, तुलसी राना, गोविन्दप्रसाद न्यौपाने, विष्णुमणि धिताल, दिनेश नेपाली, चन्द्रप्रसाद चौधरी (क) र चन्द्रप्रसाद चौधरी (ख) को नाम सिफारिस भएको छ।

त्यस्तै महिलातर्फ जानुका केसी, खुमा रावत, बालिका लम्साल, कृष्णा बिसी, टीका डाँगी, मुक्ति वादी, पुष्पा वादी, निर्मला न्यौपाने र उषा चौधरीको नाम सिफारिस गरिएको छ।

त्यस्तै प्रदेशसभा क्षेत्र नम्बर ३ (क) का लागि प्रत्यक्षतर्फ प्रदेश ग्रामीण तथा पर्यटनमन्त्री डिल्लीबहादुर चौधरीसहित शंकर गिरी, देवेन्द्र रिजाल, पूर्व क्षेत्रीय सभापति टोपबहादुर केसी, पूर्व तुलसीपुर नगरसभापति किरण शाह, महाधिवेशन प्रतिनिधि डा. नहकुल केसी, महाधिवेशन प्रतिनिधि तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य युवराज खड्का र नेता एकराज आचार्यको नाम सिफारिस भएको छ।

त्यस्तै समानुपातिकमा पुरूषतर्फ जोगेन्द्र विश्वकर्मा, नेता कृष्णकुमार गिरी, ऋषिराज लहरे (अरुण), प्रदिप खड्का, टेकबहादुर वली, नेता चेतबहादुर सेर्पाइली, नेता सुरेन्द्रबहादुर खड्का, अर्जुन गिरी, नेता मदनराज धिताल, नेता लिलाधर लम्साल, नेता देवीप्रसाद हलवाई र नेता दलबहादुर विकको नाम सिफारिस भएको छ।

त्यस्तै महिलातर्फ समानुपातिकमा सुष्मा गिरी, देवा डाँगी, चित्रा गिरी, कविता शर्मा, केवलापति चौधरी, यमुना कँडेल शाह र अर्चना रेग्मीको नाम सिफारिस गरिएको निर्वाचन क्षेत्र नम्बर ३ (क) का  सभापति देबेन्द्र रिजालले जानकारी दिए।

त्यस्तै प्रदेशसभा ३ को ‘ख’ को प्रत्यक्षतर्फ जिल्ला सभापति शंकरप्रशाद डाँगी सहित नेता केशबराज आचार्य, नेपाल तरुण दल दाङका अध्यक्ष टीकाराम घर्ती, नेताहरु खिमप्रशाद खराल, होमप्रकाश गौतम, सुबोध डाँगी र चुडामणि ढकालको नाम सिफारिस भएको छ।

त्यस्तै समानुपातिकमा पुरुषतर्फ दाङ निर्वाचन क्षेत्र नम्बर ३ का सभापति जगतबहादुर खड्कासहित नेताहरु महादेव शाह, भरतबहादुर केसी र मधु चौधरीको नाम सिफारिस भएको छ।

महिलातर्फ समानुपातिकमा मिथिला शाह, पदमा चौधरी, पार्वती पुन, कुन्ती डिसी भण्डारी र तारा भण्डारीको नाम सिफारिस भएको छ।

नेकपा एसले पनि टुंग्यायो

नेकपा एकीकृत समाजवादी दाङले पनि प्रतिनिधि, प्रदेशसभा सदस्य र समानुपातिकका लागि नाम सिफारिस गरिसकेको छ।

जसमा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर १ बाट सहरी विकास मन्त्री तथा पार्टीका पोलिटव्यूरो सदस्य मेटमणि चौधरी, क्षेत्र नम्बर २ बाट केन्द्रीय सचिव भागवत विश्वासी र क्षेत्र नम्बर ३ बाट स्वास्थ्य राज्यमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य हिराचन्द्र केसीको नाम सिफारिस भएको छ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ क्षेत्र नम्बर १ बाट तिलक केसी र मिना गुरुङको नाम सिफारिस भएको छ। क्षेत्र नम्बर २ बाट चित्र मल्ल, ३ बाट प्रेम बक्सनीया र तारा देवकोटाको नाम सिफारिस भएको छ।

यस्तै प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (क) बाट प्रत्येक्ष तर्फ रामप्रसाद गैरे र समानुपातिकतर्फ मुकुन्द रोकाको नाम सिफारिस भएको छ। १ (ख)बाट प्रत्येक्ष तर्फ ठानेश्वर गैरे र समानुपातिक तर्फ वीरबहादुर केसी र शिला चौधरीको नाम सिफारिस भएको छ।

क्षेत्र नम्बर २ (क) बाट प्रत्येक्षतर्फ सुरामणि वेल्वासेको नाम सिफारि हुँदा समानुपातिकतर्फ रामप्रसाद चौधरी र सशमति चौधरीको नाम सिफासिर भएको छ। यस्तै २ (ख) बाट प्रत्येक्षतर्फ शोभा शाहा, समानुपातिकतर्फ देउमान दमाई र गजेन्द्र सिंह खड्काको नाम सिफारिस भएको छ।

यसैगरी क्षेत्र नम्बर ३ (क) बाट प्रत्येक्षतर्फ डिल्ली बहादुर डाँगी, समानुपातिकतर्फ जोगबहादुर राणा र अनारकली मियाँ, ३ (ख)बाट प्रत्येक्षतर्फ चुर्ण बहादुर वली, समानुपातिकतर्फ शारदा सोर्णकार र लिलाधर वलीको नाम सिफारिस भएको छ।

प्रकाशित मिति: : 2022-09-03 16:53:00

प्रतिकृया दिनुहोस्